November 11, 2026 बुधबार, २०८३ कात्तिक २५
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › समाचार › काठमाडौँ उपत्यकामा मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमाहाइलाइट:
समाचार

काठमाडौँ उपत्यकामा मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमाहाइलाइट:

घटस्थापनादेखि कात्तिक ६ गतेसम्म १३ दिनमा काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४७ र लागू पदार्थ सेवन गरी चलाउने ३५ गरी कुल ९८२ चालक कारबाहीमा परेका छन्।

Facebook X / Twitter WhatsApp
काठमाडौँ उपत्यकामा मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमाहाइलाइट:

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन्। त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उहाँले जानकारी दिए।

मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।

लेखकको बारेमा

NexKhabar Admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।