October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › समाचार › सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल निलम्बन, संवेदनशील सूचना चुहावटको आरोप
समाचार

सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल निलम्बन, संवेदनशील सूचना चुहावटको आरोप

Facebook X / Twitter WhatsApp
सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल निलम्बन, संवेदनशील सूचना चुहावटको आरोप
काठमाडौं, १९ असोज । सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा पदबाट निलम्बन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरणविपरीत काम गरेको भन्दै निलम्बन गरिएको जानकारी दिएका छन्। सशस्त्र प्रहरीले दाहाललाई सुरक्षा सम्बन्धी गोप्य सूचना चुहावट गरी आचरणविरुद्ध कार्य गरेको आरोपसहित कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो। आज बसेको गृह मन्त्रालयको बैठकले जाँचबुझ अधिकृत तोकी छानबिन अघि बढाउने निर्णय गरेको हो। उनलाई तीन दिनभित्र जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न भनिएको छ। मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविरुद्धका कार्य, संवेदनशील गोप्य सूचना चुहावट तथा शान्ति–सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमा bamsiraj.jpegसूक्ष्म निगरानी र विश्लेषण गरिरहेको जनाएको छ। प्रवक्ता काफ्लेले भनेका छन्, “कानुनविपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।”

लेखकको बारेमा

NexKhabar Admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।