November 11, 2026 बुधबार, २०८३ कात्तिक २५
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › समाचार › साउदी अरबको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु
समाचार

साउदी अरबको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु

साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। हवाई रक्षा प्रणालीले ड्रोन निष्क्रिय पारेपछि खसेको भग्नावशेषले आगलागी भएको थियो। एक फिलिपिनोको पनि मृत्यु हुँदा एक पाकिस्तानी र एक भारतीय घाइते भएका छन्।

Facebook X / Twitter WhatsApp
Yemen's Iran-backed Houthis also attacked the airport in Saudi Arabia's capital Riyadh earlier this month

काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान प्रशोधन केन्द्रतर्फ लक्षित ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो। त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो।

मन्त्रालयले मृत्यु हुनेमा एक नेपाली र एक फिलिपिनो नागरिक रहेको पुष्टि गरेको छ। घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन्। मृतकको पहिचान भने अझै खुलेको छैन।

घटनापछि सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

लेखकको बारेमा

NexKhabar Admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।