November 11, 2026 बुधबार, २०८३ कात्तिक २५
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › समाचार › बझाङमा भिरबाट लडेर वडाध्यक्ष टंक जोशीको मृत्यु
समाचार

बझाङमा भिरबाट लडेर वडाध्यक्ष टंक जोशीको मृत्यु

बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशी खर काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भएपछि मृत्यु भएको छ। हेलिकोप्टर उद्धारको तयारी हुँदै गर्दा उनको निधन भयो।स्लग:

Facebook X / Twitter WhatsApp
बझाङमा भिरबाट लडेर वडाध्यक्ष टंक जोशीको मृत्यु

बझाङ ।  बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु भएको छ।

जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको हो। गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए।

भिरबाट लडेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको मृतकका आफन्त रामचन्द्र जोशीले बताए। गम्भीर घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेको थियो। तर, हेलिकोप्टर उड्न नपाउँदै उनको मृत्यु भएको खबर आएको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।

‘अवस्था असाध्यै गम्भीर छ र तुरुन्तै हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ, नत्र बाँच्न गाह्रो छ भन्ने आफन्तजनहरूको भनाइपछि तुरुन्तै जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदै थियो,’ उनले भने, ‘खबर पाएको करिब आधा घण्टाभित्रै हेलिकोप्टर उडाउने तयारी भएको थियो, तर एकैछिनमा दुःखद खबर आयो कि अब उहाँ रहनुभएन।’

जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उनी दुई कार्यकाल वडाध्यक्ष बनेका थिए।

लेखकको बारेमा

NexKhabar Admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।