November 11, 2026 बुधबार, २०८३ कात्तिक २५
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › मनोरञ्जन › रणबीर कपूरले दसैं कार्यक्रममा गलत बोलेपछि माफी मागे, ‘सत्यको जित हुन्छ’ भन्न खोजेका थिए
मनोरञ्जन

रणबीर कपूरले दसैं कार्यक्रममा गलत बोलेपछि माफी मागे, ‘सत्यको जित हुन्छ’ भन्न खोजेका थिए

बलिउड स्टार रणबीर कपूरले कोलकाताको दसैं कार्यक्रममा ‘सत्य र असल कामको अन्त्य हुनेछ’ भनेर शब्द बिगारेपछि सामाजिक सञ्जालमा आलोचित भए। भोलिपल्ट चेन्नईमा उनले माफी माग्दै स्पष्ट पारे – मैले भन्न खोजेको थिएँ, ‘दुष्टता जति शक्तिशाली भए पनि अन्तिममा सत्य र असल कामकै जित हुन्छ।’ ‘रामायण’ मा रामको भूमिकामा रहेका उनी अहिले यसै घटनाले चर्चामा छन्।

Facebook X / Twitter WhatsApp
रणबीर कपूरले दसैं कार्यक्रममा गलत बोलेपछि माफी मागे, ‘सत्यको जित हुन्छ’ भन्न खोजेका थिए

काठमाडौं । बलिउड अभिनेता रणबीर कपूरले आफ्नो जिब्रो चिप्लिएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्। उनले मंगलबार कोलकातामा दसैं (भारतमा दशहरा) को अवसरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा गलत शब्द प्रयोग गरेका थिए, जसले सामाजिक सञ्जालमा ठूलो चर्चा र आलोचना निम्त्यायो। b1aef7b4-7353-4544-8587-a4186000c05c.png

कोलकातामा दसैंको अवसरमा आयोजित कार्यक्रममा बोल्दै रणबीरले भनेका थिए, ‘दुष्टता जति शक्तिशाली भए पनि अन्तिममा सत्य र असल कामकै अन्त्य हुनेछ।’ खासमा उनले ‘अन्तिममा सत्य र असल कामकै जित हुन्छ’ भन्न खोजेका थिए। तर एक शब्दको गल्तीले पूरा अर्थ उल्टो भयो।

सो भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि आलोचना चुलियो। विशेषगरी आगामी फिल्म ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गर्न लागेका अभिनेताले यस्तो अभिव्यक्ति दिएको भन्दै कतिपयले प्रश्न उठाए। ‘राम बन्ने मान्छेले सत्यको अन्त्य हुन्छ भन्नु कसरी ठीक?’ भन्ने टिप्पणीहरू आएका थिए।

भोलिपल्ट स्पष्टीकरण र माफी
त्यसको भोलिपल्ट बुधबार रणबीरले यसबारे स्पष्टीकरण दिँदै माफी मागे। चेन्नईमा आयोजित ‘रामायण’ को सांगीतिक कार्यक्रममा उनले यो विषय उठाए।

‘म हिजो दसैंको कार्यक्रममा भएको एउटा घटनाका लागि माफी माग्न चाहन्छु। बोल्ने क्रममा मेरो जिब्रो चिप्लिएको थियो,’ उनले भने, ‘मैले भन्न खोजेको थियो— दुष्टता जति शक्तिशाली भए पनि अन्तिममा सत्य र असल कामकै जित हुन्छ।’

रणबीरले आफ्नो गल्ती स्वीकार गर्दै गायक एआर रहमानसँगको सहकार्य र आफू अभिनीत फिल्म ‘रकस्टार’ को गीतको पंक्ति पनि सम्झे। उनले भने, ‘जो भी मैं कहना चाहूँ, बर्बाद करे अल्फाज मेरे।’ (मैले जे भन्न खोजे पनि मेरा शब्दहरूले नै बिगारिदिन्छन्।) त्यसपछि उनले फेरि एकपटक माफी मागे।

सामाजिक सञ्जालमा आलोचना जारी रहँदा केही प्रशंसकले भने कार्यक्रमको भीड र दबाबका कारण शब्द चयनमा गल्ती भएको हुन सक्ने भन्दै उनको बचाउ गरेका छन्।

‘रामायण’ फिल्मको विवरण
निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ मा रणबीर कपूरले रामको भूमिका निर्वाह गरेका छन्। फिल्ममा साई पल्लवी सीताको भूमिकामा र कन्नड स्टार यश रावणको भूमिकामा देखिनेछन्। फिल्मको पहिलो भाग नोभेम्बर ५ मा प्रदर्शन हुने तयारी छ।

रणबीरको यो स्पष्टीकरणपछि आलोचना केही मत्थर भएको छ। तर उनको ‘जिब्रो चिप्लिएको’ घटना अहिले पनि चर्चाको विषय बनेको छ।

लेखकको बारेमा

NexKhabar Admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।