बिजनेस
‘उत्साह तीज मेला २०८३’ आयोजना हुने
काठमाडौंको अनुपम मलमा महिलाहरूको विशेष पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘उत्साह तीज मेला २०८३’ आयोजना हुने भएको छ। उत्साह नेपाल प्रशिक्षण केन्द्रको आयोजनामा हुने मेला भदौ १८, १९, २० र २१ गते चार दिनसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। तीजको अवसरमा मनोरञ्जनसँगै विभिन्न व्यवसाय तथा उत्पादनको प्रवर्द्धन, हस्तकलाको प्रदर्शनी र सांस्कृतिक गतिविधिलाई समेत प्राथमिकता दिइनेछ।
मेलामा २० भन्दा बढी स्टल रहनेछन्। विभिन्न हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री, ब्रान्ड तथा व्यवसाय प्रवर्द्धनका अवसर, नेटवर्किङलगायतका गतिविधि मेलाका मुख्य आकर्षण रहने आयोजकले जनाएको छ। त्यस्तै, सहभागीहरूका लागि निःशुल्क फेस तथा स्किन केयर सेवा, सांस्कृतिक कार्यक्रम, उत्साह ट्यालेन्ट शो, विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यक्रम, साथै फोटो तथा रिल च्यालेन्ज समेत आयोजना गरिनेछ।
तीज विशेष कार्यक्रमअन्तर्गत तीज डिनर पनि मेलाको आकर्षणका रूपमा रहनेछ। कार्यक्रममा सहभागीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिको अनुभव लिन सक्नेछन् । मेलामा लक्की ड्र तथा बिङ्गो समेत राखिएको छ। पोस्टरमा उल्लेख भएअनुसार लक्की ड्रमा सहभागी हुन तथा प्रवेशका लागि सम्बन्धित टिकट अनिवार्य रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
मेलाको आयोजना अनुपम मलस्थित भोजन् अनलिमिटेडमा हुनेछ। आयोजकले मेलामा फ्री इन्ट्री र फ्री पार्किङको व्यवस्था रहेको जनाएको छ। तीजको अवसरमा व्यवसाय, कला, संस्कृति, मनोरञ्जन र नेटवर्किङलाई एउटै स्थानमा जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
टिप्पणी
अहिलेसम्म कुनै टिप्पणी छैन।