October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › अर्थतन्त्र › ह्वात्तै घट्यो सुनचाँदीको भाउ
अर्थतन्त्र

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

Facebook X / Twitter WhatsApp
ह्वात्तै घट्यो सुनचाँदीको भाउ
काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मल्य घटेको छ। गत शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी आइतबार प्रतितोला चार हजार पाँच सय ४० कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार चार सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।