October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › राजनीति › कांग्रेसको १५औं महाधिवेशनः केन्द्रीय निर्वाचन कार्यक्रम सुरू, मंगलबारदेखि मनोनयन दर्ता
राजनीति

कांग्रेसको १५औं महाधिवेशनः केन्द्रीय निर्वाचन कार्यक्रम सुरू, मंगलबारदेखि मनोनयन दर्ता

Facebook X / Twitter WhatsApp
कांग्रेसको १५औं महाधिवेशनः केन्द्रीय निर्वाचन कार्यक्रम सुरू, मंगलबारदेखि मनोनयन दर्ता
कांग्रेसको १५औं महाधिवेशनः केन्द्रीय निर्वाचन कार्यक्रम सुरू, मंगलबारदेखि मनोनयन दर्ता काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि सोमबारदेखि निर्वाचन कार्यक्रम औपचारिक रूपमा सुरू भएको छ। केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, दावी–विरोध, जाँचबुझ र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ। बुधबार बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने एक दिन प्रचार–प्रसारका लागि समय दिइएको छ। मतदान बिहीबार (२२ असोज) बिहान ७ः३० देखि बेलुका ५ बजेसम्म तीन स्थानमा हुनेछ। राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ। बागमती प्रदेशका लागि सभागृह, गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन र कोशी, मधेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चमा मतदान हुनेछ।
834039699_2192312044975998_31265429152367779_n.jfif
 भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन्। उम्मेदवारको योग्यता र क्रियाशील सदस्यताको व्यवस्था निर्वाचन निर्देशिका, २०८३ अनुसार केन्द्रीय सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्नेछ। केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्यता अनिवार्य छ। जिल्ला सभापति, प्रदेश सभापतिसहित पदाधिकारीका लागि पनि १० वर्षको व्यवस्था छ। तर ३५ वर्षमुनिका युवा, समायोजन भइ आएका र पेशागत–श्रमिक क्षेत्रका सदस्यमा यो सीमा लागू हुँदैन। गाउँपालिका तथा नगरपालिका सभापति, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला उपसभापति र सचिवका लागि कम्तीमा पाँच वर्ष क्रियाशील सदस्यता पर्याप्त हुनेछ। निरन्तर क्रियाशील सदस्यता प्रमाणित गर्ने अधिकार मुख्य सचिव वा मुख्य सचिव भइ काम गर्ने व्यक्तिलाई दिइएको छ। उम्मेदवारले मनोनयनपत्रसँगै प्रमाणित निस्सा अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। ऐतिहासिक सहभागिता र संरचनागत परिवर्तन प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक साढे सात हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्, जुन कांग्रेसको इतिहासमै सबैभन्दा धेरै हो। आकांक्षीको संख्या बढेकाले संरचनामा विस्तार गरिएको छ। अब चार उपसभापति (एक वरिष्ठ र एक महिलासहित) र तीन महामन्त्री (एक महिलासहित) निर्वाचित हुनेछन्। 
838818573_1512777363992050_6082725198133606090_n.jfif
सहमहामन्त्रीको संख्या १५ पु¥याइएको छ, जसमा समावेशिताका आधारमा विभिन्न समुदायबाट ९, खुलाबाट २ र सभापतिबाट मनोनीत ४ जना रहनेछन्। केन्द्रीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचित सदस्यको संख्या पनि बढाइएको छ। ४५ जना खुला, महिला महाधिवेशन प्रतिनिधिबाट १२, प्रदेशबाट २८ (प्रत्येक प्रदेशबाट एक महिलासहित चार), दलितबाट १२, आदिवासी जनजातिबाट १७, खसआर्यबाट १५, मधेशीबाट ११, थारुबाट ३, मुस्लिमबाट ३, पिछडिएको क्षेत्रबाट २, अल्पसंख्यक र अपाङ्गताबाट एक–एक, श्रमिकबाट ३, पेशागतबाट ७, युवाबाट २१ र जनसम्पर्क समितिबाट ७ जना निर्वाचित हुने व्यवस्था छ। प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक सदस्य पनि निर्वाचित हुनेछन्। सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्नेछन्। निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्ने व्यवस्था पनि छ। प्रतिनिधि सभा संसदीय दलको नेता र प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्। कांग्रेसको १५औं महाधिवेशन निर्वाचन प्रक्रिया अब पूर्ण रूपमा अगाडि बढेको छ।

लेखकको बारेमा

NexKhabar Admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।