होम › समाचार › ट्राफिक कसुरमा कडा दण्डको तयारी, ५ हजारदेखि ५० हजारसम्म जरिवाना
समाचार

ट्राफिक कसुरमा कडा दण्डको तयारी, ५ हजारदेखि ५० हजारसम्म जरिवाना

Facebook X / Twitter WhatsApp
Advertisement
ट्राफिक कसुरमा कडा दण्डको तयारी, ५ हजारदेखि ५० हजारसम्म जरिवाना

ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले जरिवानाको दायरा उल्लेख्य रूपमा बढाउन प्रस्ताव गरेको छ। संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिमा सार्वजनिक सवारी तथा ढुवानी व्यवस्थापनसम्बन्धी छलफलका क्रममा ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले यस्तो प्रस्ताव अघि सारेका हुन्।

उनका अनुसार हाल लागू रहेको पाँच सयदेखि एक हजार रुपैयाँसम्मको जरिवानाले नियम उल्लंघन नियन्त्रणमा अपेक्षित प्रभाव पार्न सकेको छैन। त्यसैले कसुरको प्रकृतिअनुसार पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए।

Advertisement

एसएसपी काफ्लेले नेपालभर करिब ६५ लाख सवारी साधन दर्ता भएको जानकारी दिँदै काठमाडौं उपत्यकामा मात्रै दैनिक झण्डै २० लाख सवारी साधन सञ्चालन हुने गरेको उल्लेख गरे। तर, यति ठूलो सवारी चाप व्यवस्थापन गर्न देशभर जम्मा २५ सयदेखि २६ सय ट्राफिक प्रहरी मात्रै खटिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन हालको म्यानुअल प्रणालीलाई क्रमशः विस्थापित गरी कृत्रिम बुद्धिमत्तामा आधारित एकीकृत ट्राफिक लाइट प्रणाली लागू गर्नुपर्ने सुझाव पनि उनले दिए। यस्तो प्रणाली कार्यान्वयनका लागि करिब १५ देखि २० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।

त्यसैगरी, नेपालमा दैनिक दुई हजारदेखि तीन हजार पाँच सयसम्म भारतीय सवारी साधन प्रवेश गर्ने गरेको उल्लेख गर्दै उनले ती सवारी साधनको भारवहन क्षमतामाथि प्रभावकारी निगरानी नहुँदा सडक पूर्वाधारमा चाँडै क्षति पुग्ने समस्या देखिएको बताए। सीमापारबाट आउने सवारी साधनको अनुगमन प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।