होम › समाचार › बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रले नेपालमा कस्तो असर गर्छ ?
समाचार

बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रले नेपालमा कस्तो असर गर्छ ?

Facebook X / Twitter WhatsApp
Advertisement
बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रले नेपालमा कस्तो असर गर्छ ?
काठमाडौं । बङ्गालको खाडीको पूर्वी भूभागमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद् टेकबहादुर धामीले हाल बङ्गालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको बताए । उक्त न्यून चापीय प्रणाली अझै बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएको उनको भनाइ छ । उक्त प्रणाली असोज ७ गते आसपास दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना रहेको मौसमविद् धामीले बताए। त्यसको सम्भावित असर नेपालमा समेत पर्ने देखिएको उनको भनाइ छ। उनका अनुसार विभागले न्यून चापीय प्रणालीको सम्भावित प्रभावबारे निरन्तर निगरानी गरिरहेको छ। आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। विभागका अनुसार आगामी २४ घण्टामा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै पहेँलो चेतावनी जारी गरेको छ। विभागले न्यून चापीय प्रणालीको प्रभावबारे आधिकारिक र पछिल्लो जानकारीका लागि विभागबाट जारी हुने सूचना हेर्न आग्रह गरेको छ।

लेखकको बारेमा

NexKhabar Admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।