काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारको तुलनामा आज सुनको मूल्य घटेसँगै नेपाली बजारमा सुन खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ। एकैदिन सुनको मूल्यमा आएको यो गिरावटले बजारमा सुनको कारोबार र उपभोक्ताको चासो बढाउने अपेक्षा गरिएको छ।

टिप्पणी
अहिलेसम्म कुनै टिप्पणी छैन।