होम › Uncategorized › मुठी दान पासा पुच: द्वारा ज्येष्ठ नागरिकहरू सम्मानित
Uncategorized

मुठी दान पासा पुच: द्वारा ज्येष्ठ नागरिकहरू सम्मानित

Facebook X / Twitter WhatsApp
Advertisement
मुठी दान पासा पुच: द्वारा ज्येष्ठ नागरिकहरू सम्मानित
काठमाडौं-  मुठी दान पासा पुच: ले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो । हलि नेवा: गुथिका निवर्तमान अध्यक्ष बिनोद महर्जनको प्रमुख आतिथ्य र सामाजिक अभियन्ता रामेश्वर श्रेष्ठको विशेष आतिथ्यमा भएको कार्यक्रममा सबिना ताम्राकारको सभाध्यक्षता थियो। इलेमेन्ट्री स्कुल सितापाइलाका पृन्सिपल पल्पसा महर्जन, हलि नेवा: गुथि काठमाडौ जिल्ला कमिटी अध्यक्ष ज्ञानराजा सिख्रकारलगायतको आतिथ्यता रहेको थियो । पुच:ले कोरोनाको समयमा अनलाइन योगा समूह बनाएर अहिले मुठीदानको रुपमा काम गर्दै आएको छ । यस्तै बिहान अनलाइन योगा कक्षा संचालन गर्दै आएको छ ।  

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।