होम › Uncategorized › इम्बोस्ड नम्बर प्लेट अब अनिवार्य
Uncategorized

इम्बोस्ड नम्बर प्लेट अब अनिवार्य

Facebook X / Twitter WhatsApp
Advertisement
इम्बोस्ड नम्बर प्लेट अब अनिवार्य
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सबै गाडी धनीले उच्च सेक्युरिटीको इम्बोस्ड नम्बर प्लेट जडान गर्नु/गराउन भनिएको छ । विभागले हालै एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। सूचनामा भनिएको छ, ‘मिति २०८२।०४।२० मा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकको निर्णयानुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकोले सबै सवारीधनीहरुले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरुमा गई High Security Embossed Number Plate जडान गर्नुहुन यसै सूचना मार्फत् जानकारी गराईन्छ।' गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।