अर्थतन्त्र
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड
काठमाडौँ - नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।
यस्तै बुधबार छापावाल सुन १० ग्रामको १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ । यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य हालसम्मकै उच्च हो ।
सम्बन्धित खबर
अर्थतन्त्र
ह्वात्तै घट्यो सुनचाँदीको भाउ
अर्थतन्त्र
फेरि बढ्यो सुनको भाउ
अर्थतन्त्र
एकैदिन २३ सय रूपैयाँ बढ्यो सुनको भाउ
अर्थतन्त्र

टिप्पणी
अहिलेसम्म कुनै टिप्पणी छैन।