काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य बिहीबार भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको जनाएको छ। बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य बुधबारको तुलनामा प्रतितोला चार हजार तीन सय रूपैयाँ बढेको हो। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अर्थतन्त्र
फेरि बढ्यो सुनको भाउ
सम्बन्धित खबर
अर्थतन्त्र
ह्वात्तै घट्यो सुनचाँदीको भाउ
अर्थतन्त्र
एकैदिन २३ सय रूपैयाँ बढ्यो सुनको भाउ
अर्थतन्त्र

टिप्पणी
अहिलेसम्म कुनै टिप्पणी छैन।