October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › स्वास्थ्य › अब परोपकार प्रसूति अस्पतालमा ओपीडी टिकट निःशुल्क
स्वास्थ्य

अब परोपकार प्रसूति अस्पतालमा ओपीडी टिकट निःशुल्क

Facebook X / Twitter WhatsApp
अब परोपकार प्रसूति अस्पतालमा ओपीडी टिकट निःशुल्क
काठमाडौं- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले महिला स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६६ औँ वार्षिकोत्सवको अवसरमा छुट सेवा प्रदान गरिने भएको हो । आजदेखि निःशुल्क ओपीडी टिकट र एचआइभी डीएनए परीक्षणमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले बताए । वार्षिकोत्सवको उपलक्ष्यमा कुपण्डोलस्थित नयाँ ओपीडी भवनबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्त्रीरोग (गाइनोकोलोजी) सम्बन्धी सेवा लिन आउने बिरामीहरूलाई कुनै पनि शुल्क नलाग्ने उनले बताए । यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम पत्ता लगाउन गरिने परीक्षण एचआइभी डीएनए परीक्षणमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।