October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › स्वास्थ्य › बिर्सिने रोग लाग्नुका ७ कारण
स्वास्थ्य

बिर्सिने रोग लाग्नुका ७ कारण

Facebook X / Twitter WhatsApp
बिर्सिने रोग लाग्नुका ७ कारण
काठमाडौं- हामी सवै कतिपय अवस्थामा बिर्सिन्छौं । कहिले कसैको नाम र कहिले कुनै सामान कहीँ राखेर भुल्छौं । केही समयपछि याद आउँछ। यो भने डिमेन्सियाको लक्षण होइन। ल्याक अफ अटेन्सन अर्थात् एकाग्रताको कमीका कारण यस्तो हुन्छ। सामान्यतया उमेर बढ्दै जाँदा हुने यो समस्या अहिले युवावयमै पनि हुने गरेको पाइन्छ। स्ट्रोक- स्ट्रोकका कारण  दिमागमा ब्लड लेभलमा कमी वा दिमागभित्र रक्तश्राव हुन सक्छ। यसले दिमागको न्युरोलोजिकल फङसनमा हानी पुर्याउँछ । त्यसबाट डिमेन्सियाको खतरा बढ्दै जान्छ। डाइबिटिज- मोडर्न साइन्मा अल्जाइमर्सको टाइप-३ डायबिटिजको नाम दिइएको छ। अनियन्त्रित ब्लड सुगरको सवैभन्दा धेरै असर ब्रेन न्युरोन्समाथि पर्छ। स्मृति कमजोर हुन थालेछ । त्यसैले डायबिटिज नियन्त्रणमा राख्न जरुरी हुन्छ। भिटामिन डीको कमी - भिटामिनको मुख्य स्रोत घाम हो। भिटामिन डी नपाउँदा अक्सिडेटिभ तनाव बढ्छ, जसले दिमागले आरामको महशुस गर्न सक्दैन। सामाजिक एकांकी- जो समाजसँग घुलमिल हुँदैनन् । उनीहरुको दिमागमा आफ्नै र आफ्नाहरुका बारेमा अनेकथरी विचार उत्पन्न हुन्छन्। जसले दिमागमा अवसाद उत्पन्न हुने सम्भावना बढ्छ। कोरोना महामरीको समयमा गरिएको आइसोलेसनको असर दिमागमाथि परेको पाइएको छ। एक्लोपनाको शिकार भएकाहरुको दिमाग तीव्र रुपमा कमजोर हुने गरेको पाइएको छ। मदिराको अत्याधिक सेवन - अत्याधिक मदिराको सेवनबाट दिमागको न्युरोन्सको सक्रिया कम हुन्छ। जसले बोल्ने, सोच्ने र कुरालाई याद राख्ने क्षमतामा कमी ल्याउँछ र तीव्र रुपमा मुड सुइङ हुन्छ। यस्तो अवस्थामा डिमेन्सियाको खतरा पनि बढ्छ। मुटुसँग सम्बन्धित समस्या - जो मानिससँग मुटुसँग जोडिएका रोग हुन्छन्, उनीहरुमा डिमेन्सियाको खतरा अधिक हुन्छ । किनकि दिमागको रक्त बाहिनीमा रगत जम्ने वा रक्तस्राव हुने सम्भावना बढी हुन्छ। तनाव - जब हामी कुनै कुरामा धेरै तनाव लिछु । त्यतिबेला ‘कोर्टिसोल’ नामक एक स्ट्रेस हर्मोन रिलिज हुन्छ। कोर्टिसोल मेमोरीमाथि सिधा असर पार्छ। यस्तोमा ज्यादा तनावले डिमेन्सियाको जोखिम बढाउन सक्छ। एजेन्सी

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।