October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › स्वास्थ्य › अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा
स्वास्थ्य

अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा

Facebook X / Twitter WhatsApp
अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा
काठमाडौँ । अब सबै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार हुने भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेपछि क्यान्सर उपचारको सेवा विस्तार हुने भएको छ । चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, नेपालगञ्जको सुशील कोइराला क्यान्सर अस्पताल सहित कोशी प्रदेश अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध हुने छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अग्रसरता उक्त निर्णयमा भएको हो।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।