October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › खेलकुद › नेपाल प्रिमियर लिग: जनकपुरको लगातार चौथो जित
खेलकुद

नेपाल प्रिमियर लिग: जनकपुरको लगातार चौथो जित

Facebook X / Twitter WhatsApp
नेपाल प्रिमियर लिग: जनकपुरको लगातार चौथो जित
काठमाडौं- नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको लगातार चौथो जित हात पारेको छ । हर्ष थाकरले जनकपुरका लागि ५ विकेट लिएपछिलुम्बिनी ८ विकेटमा समेटिदैँ जम्मा १३५ रन बनाएको हो । 

लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५, टम मुर्स ३१, आशुतोष घिरैया १४, अर्जुन साउद २०, बेन कटिङ तीन, साद विन जाफर रविवेक यादव शून्यमा आउट भए । जनकपुरका लागि थाकरको पाँचसहित ललित राजवंशी,किशोर महतो, शेर मल्ल  एक एक विकेट लिए ।

टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्टका लागि शुभ कन्सकार २४ रन अविजित रहे ।कप्तान अनिल साह ४५, लाहिरू मिलान्था२४, आशिफ शेख १६, हेमन्त धामी नौ हर्ष थाकर र जिम निसम समान एक एक रन, शेर मल्ल शून्य, अभिशेष गौतम तीन, कप्तान पौडेलर साद विन जफर समान दुई र सन्दिप जोराले एक विकेट लिए ।

जनकपुर जारी एनपीएलमा अपराजित छ । उसले यसअघि विराटनगरकिंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो ।  लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ । चारमा सबै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ ।

 लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो। 

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।