October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › खेलकुद › रियल मड्रिडमाथि बार्सिलोनाले सानदार जित
खेलकुद

रियल मड्रिडमाथि बार्सिलोनाले सानदार जित

Facebook X / Twitter WhatsApp
रियल मड्रिडमाथि बार्सिलोनाले सानदार जित
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडमाथि बार्सिलोनाले सानदार जित हात पारेको छ।
गएराति बर्नमाउमा भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई ४–० को फराकिलो अन्तरले पाखा लगाएको हो। 
बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्कीले दुई तथा लामिन यमाल र राफिन्हाले एक एक गोल गरे।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ५४ औँ मिनेटमा मार्क कासाडोको पासमा लेवान्डोस्कीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। त्यसको दुई मिनेटमा नै एलेजान्ड्रोको पासमा लेवान्डोस्कीले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।  खेलको ७७ औँ मिनेटमा राफिन्हाको पासमा यामलको गोलमा बार्सिलोनाले ३–० को अग्रता बनायो।  ८४ औँ मिनेटमा मार्टिनेजको पासमा राहिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए। रियलमाथिको जितसँगै बार्सिलोनाले अंक तालिकामा ६ अंकको स्पष्ट अग्रता बनाएको छ। फराकिलो अग्रताले बार्सिलोनाले उपाधि होडलाई थप बलियो बनाएको छ। लिगका ११ मध्य १० खेलमा जित र एक खेलमा हार भोगेको बार्सिलोना ३० अंकमा तालिकाको शीर्ष स्थानमा छ। ला लिगामा पहिलो हार व्यहोरेको रियलले ११ खेलमा ७ खेलमा जित, ३ खेलमा बराबरी र १ खेलमा हार भोग्दै २४ अंकमा दोस्रो स्थानमा छ। रियललाई भिल्लारियलले पछ्याइरहेको छ। समान खेलबाट २१ अंक बनाएको भिल्लारियल २१ अंकमा तालिकाको तेस्रो स्थानमा छ। गएराति नै भएको खेलमा भिल्ला रियलले रियल भल्लाडोलिडलाई २–१ गोल अन्तरले पाखा लगायो। अर्को खेलमा रायो भालेकानोले डिपोर्टिभो अलाभेसलाई तथा लस पाल्मासले जिरोनालाई समान १–० गोलअन्तरले हरायो।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।