October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › खेलकुद › साफ महिला च्याम्पियनशिप : आज नेपाल र बङ्गलादेश भिड्दै
खेलकुद

साफ महिला च्याम्पियनशिप : आज नेपाल र बङ्गलादेश भिड्दै

Facebook X / Twitter WhatsApp
साफ महिला च्याम्पियनशिप : आज नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौं - साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश फाइनल खेल्दछन् । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हरायो भने बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो । यसअघि पाँच पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने प्रयासमा छ ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।