विश्वव्यापी रूपमा ऊर्जा तथा इन्धनको मूल्य बढेपछि जापानको केन्द्रीय बैंकले नीतिगत ब्याजदर ०.७५ प्रतिशतबाट बढाएर १ प्रतिशत पुर्याएको छ। यो सन् १९९५ यताकै सबैभन्दा उच्च दर हो।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण जीवनयापनको लागत बढ्दै गएपछि जापानले पनि मौद्रिक नीति कडा बनाउने निर्णय गरेको हो। सन् १९९० को दशकको आर्थिक मन्दीपछि लामो समयसम्म शून्य नजिक रहेको ब्याजदर बैंक अफ जापानले सन् २०२४ देखि बढाउन थालेको थियो।
विशेषज्ञहरूका अनुसार जापान अहिले दुई दशक लामो मन्दीपछि मूल्यवृद्धिको नयाँ चरणमा प्रवेश गरिरहेको छ। यस निर्णयले लगातार कमजोर बन्दै गएको जापानी मुद्रा 'येन'लाई समेत स्थिर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, ब्याजदर वृद्धि भए पनि जापानको ब्याजदर अमेरिका र बेलायतजस्ता ठूला अर्थतन्त्रको तुलनामा अझै कम नै रहेको छ।

टिप्पणी
अहिलेसम्म कुनै टिप्पणी छैन।