October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › विदेश › नितिश कुमार १० औं पटक मुख्यमन्त्री
विदेश

नितिश कुमार १० औं पटक मुख्यमन्त्री

Facebook X / Twitter WhatsApp
नितिश कुमार १० औं पटक मुख्यमन्त्री
काठमाडौं- जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् ।

उनले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । नितिश कुमार बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकबाट नेता चुनिएका थिए ।

बैठकले नेता चयन गरेपछि बुधबार बेलुकी उनले बिहारका राज्यपाल आरिफ मोहम्मद खानसँग भेटवार्ता गरेका थिए । बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने छन् ।

शपथ ग्रहण समारोहमा सहभागी हुन केन्द्रीय गृहमन्त्री अमित शाह बुधवार बेलुकी नै पटना पुगिसकेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।