October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › विदेश › अमेरिकामा शटडाउन, सबै सरकारी कामकाज ठप्प
विदेश

अमेरिकामा शटडाउन, सबै सरकारी कामकाज ठप्प

Facebook X / Twitter WhatsApp
अमेरिकामा शटडाउन, सबै सरकारी कामकाज ठप्प
काठमाडौं- अमेरिकामा यतिबेला शटडाउन चलिरहेको छ । कंग्रेसमा रिपब्लिकन र डेमोक्रेटहरू खर्च विधेयक पारित गराउने विषयमा सहमतिमा पुग्न सकेका छैनन् । बजेट अभावमा यस वर्षको अक्टोबर १ देखि अमेरिका शटडाउनमा छ । शटडाउनको अवस्थामा अत्यावश्यक बाहेक सबै सरकारी कामकाज ठप्प छन् । ट्राफिक कन्ट्रोलरको अभाव हुँदा देशभरका विमानस्थलमा उडान ढिलाइ वा रद्द हुने क्रम बढेको छ । शनिबार अमेरिकामा १ हजार ४०० भन्दा बढी उडानहरू रद्द भएका छन् । फ्लाइट ट्र्याकरका अनुसार अरू ६ हजार उडानहरूमा ढिलाइ भएका छन् । शुक्रबार ७ हजार उडानमा ढिलाइ भएको थियो । हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिनै काम गरिरहेको स्थिति भएकोले संघीय उड्डयन प्रशासन ९एफएए०ले यस हप्ता देशका ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १०५ ले घटाउने घोषणा गरेका थिए ।नियन्त्रक अभावले उडानमा उल्लेखनीय रूपमा असर गरेको छ ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।