होम › विज्ञान/प्रविधी › गुगलको जेमिनी एप प्रो निःशुल्क
विज्ञान/प्रविधी

गुगलको जेमिनी एप प्रो निःशुल्क

Facebook X / Twitter WhatsApp
Advertisement
गुगलको जेमिनी एप प्रो निःशुल्क
काठमाडौं । गुगलले आफ्नो जेमिनी एपका प्रयोगकर्ताहरूका लागि एउटा प्रमुख अपडेट घोषणा गरेको छ।  कम्पनीले आफ्नो एडभान्स्ड (उन्नत) एआई मोडेल, जेमिनी २.५ प्रो, सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क उपलब्ध गराउँदैछ। यसअघि, यो मोडेल प्रति महिना १९.९९ अमेरिकी डलर तिरेका जेमिनी एडभान्स्ड ग्राहकहरूको लागि मात्र उपलब्ध थियो। अब, धेरै मानिसहरूले यसको शक्तिशाली सुविधाहरू अनुभव गर्न सकुन भनेर गुगलले यस एआई मोडेललाई सबैका लागि उपलब्ध गराउन लागेको बताइएको छ। जेमिनी २.५ प्रोलाई गुगलको अहिलेसम्मकै सबैभन्दा स्मार्ट मोडेलको रूपमा चिनिन्छ। नयाँ संस्करणमा “राम्रो रिजनिङ स्किल्स” (तर्क कौशल) सहित धेरै सुधारहरू समावेश रहेका छन्। त्यसैगरी यसले नयाँ सुविधाहरू पनि प्रस्तुत गर्ने बताइएको छ, जसमा अपडेटहरूले मोडेललाई अझ बहुमुखी र कार्यहरूको फराकिलो दायरा ह्यान्डल गर्न सक्षम बनाउने टेलिग्राफले रिपोर्टमा उल्लेख गरेको छ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।