होम › विज्ञान/प्रविधी › यसरी गरौं अनलाइनबाटै मतदाता नामावली दर्ता
विज्ञान/प्रविधी

यसरी गरौं अनलाइनबाटै मतदाता नामावली दर्ता

Facebook X / Twitter WhatsApp
Advertisement
यसरी गरौं अनलाइनबाटै मतदाता नामावली दर्ता
काठमाडौं- अब अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएको छ । आयोगको वेबसाइटमा रहेको प्रि-रजिस्ट्रेशन प्रणाली (applyvr.election.gov.np) मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ । यस प्रणालीमार्फत कुनै व्यक्ति आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेका भए पनि आवश्यक प्रमाणहरू अपलोड गरेर स्थायी ठेगानामा नाम दर्ता गर्न सक्ने आयोगले जनाएको छ । नामावली दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ । ठेगाना फरक भएमा बसाइँसराइ प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र वा अन्य आवश्यक कागजात अपलोड गर्नुपर्नेछ ।

त्यस्तै मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका व्यक्तिको नाम अद्यावधिक गर्ने तथा बसाइँसराइको विवरण संशोधन गर्न पनि अनलाइन प्रणालीबाटै आवेदन गर्न सकिने आयोगले जनाएको छ ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।