होम › विज्ञान/प्रविधी › अमेरिकामा टिकटक बन्द
विज्ञान/प्रविधी

अमेरिकामा टिकटक बन्द

Facebook X / Twitter WhatsApp
Advertisement
अमेरिकामा टिकटक बन्द
अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ। आइतबार बिहानदेखि अमेरिकाभरि टिकटक बन्द भएको हो । प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्लेस्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए। त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनसम्मको समय दिने भनेका थिए। उनले सोमबारदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।