October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › शेयर › पियोर इनर्जीको आईपीओ चैत्र २८ गतेदेखि खुला
शेयर

पियोर इनर्जीको आईपीओ चैत्र २८ गतेदेखि खुला

Facebook X / Twitter WhatsApp
पियोर इनर्जीको आईपीओ चैत्र २८ गतेदेखि खुला
काठमाडौं- पियोर इनर्जी लिमिटेडले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीले गत फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो । पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।