October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › शेयर › नेप्सेमा नयाँ नियम
शेयर

नेप्सेमा नयाँ नियम

Facebook X / Twitter WhatsApp
नेप्सेमा नयाँ नियम
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेले चैत्र ७ गते बिहीबारदेखि अन्तिम कारोबार मूल्य कायम गर्ने विधि परिवर्तन गर्ने भएको छ। नयाँ विधि अनुसार नियमित कारोबार सत्रमा अपरान्ह २ः४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने छ । उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने छ । चैत्र ५ मा बसेको नेप्से सञ्चालक समितिको बैठकबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ लाई बिहीबारबाट कार्यान्वयन गरिने भएको हो । नेप्सेले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गरेर स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएको थियो। बोर्डले विनियमावली संशोधन गरेर नेप्सेमा पठाएपछि अब नयाँ व्यवस्था लागु हुन लागेको हो । नेप्सेले विनियमावलीको दफा ११ संशोधन गरेर स्वीकृतिको लागि बोर्डमा पठाएको थियो । विनियमावली दफा ११ मा कारोबार सञ्चालन सम्बन्धि व्यवस्था छ। जसमा बिहान १०ः३० देखि ११ः०० बजेसम्म प्रारम्भिक कारोबार हुने, मध्यान्ह ११ देखि ३ बजेसम्म बोलकबोल र निरन्तर कारोवार हुने तथा अपरान्ह ३ देखि ३ : ५ बजेसम्म अन्तिम कारोबार हुने उल्लेख छ। हाल अन्तिम कारोबार भने हुने गरेको छैन। अन्तिम कारोबारले परिकल्पना गरेको व्यवस्था भने बोलकबोल र निरन्तर कारोबार समयको अन्त्यमा व्यवस्था गर्न लागिएको हो ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।