October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › शेयर › गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट
शेयर

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

Facebook X / Twitter WhatsApp
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट
काठमाडौं-  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक कुमारी क्यापिटको कार्यालयमा भएको आइपिओ बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना आवेदकले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमा ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ। बाँकी १ लाख ८४ हजार ५०० जनाले सेयर पाएका बिक्री प्रबन्धक कुमारी क्यापिटलको भनाइ छ। कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म आइपिओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। त्यसैगरी, कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।