October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › कला › बालगायक सचिन परियारको निधन
कला

बालगायक सचिन परियारको निधन

Facebook X / Twitter WhatsApp
बालगायक सचिन परियारको निधन
काठमाडौं- बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । हिजो बुधबार भर्ना भएका उनको आज बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन् । सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो। भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् । अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।