October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › कला › चित्लाङमा 'ज्वाइँ साब'को शुभमुहुर्त, २० दिन सुटिङ
कला

चित्लाङमा 'ज्वाइँ साब'को शुभमुहुर्त, २० दिन सुटिङ

Facebook X / Twitter WhatsApp
चित्लाङमा 'ज्वाइँ साब'को शुभमुहुर्त, २० दिन सुटिङ
काठमाडौं- चलचित्र ‘ज्वाइँ साब’ को छायाङ्कन सुरु भएको छ । फिल्मको शुक्रबार मकवानपुरको चित्लाङमा अवस्थित स्वछन्द भैरव मन्दिरमा कलाकार र प्राविधिकको उपस्थितिमा पूजा गर्दै छायाङ्कन सुरु गरिएको हो । फिल्मका मुख्य कलाकारहरु जीतु नेपाल, नीति शाह लगायतले भैरव मन्दिरमा पूजा पनि गरे । जीतु नेपालको शीर्ष भूमिका रहने फिल्ममा जीतु र नीतिका अलवा वुद्दि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । वसन्त निरौलाको निर्देशन रहने फिल्मको चित्लाङमा २० सुटिङ गरिने कलाकार जीतु नेपालले जानकारी दिए । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहनेछ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डीजिटल र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।   थाहा नगरपालिका ९ मा पर्ने चित्लाङ पछिल्लो समय चर्चामा छ । काठमाडौंबाट एक घण्टाको दुरीमा रहेको यो ठाउँ पर्यावरण र ऐतिहासिक सम्पदाले भरिपूर्ण छ ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।