October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › कला › चलचित्र 'खजुरे ब्रो’ आजदेखि प्रदर्शनमा, सहकारी ठगीको कथा
कला

चलचित्र 'खजुरे ब्रो’ आजदेखि प्रदर्शनमा, सहकारी ठगीको कथा

Facebook X / Twitter WhatsApp
चलचित्र 'खजुरे ब्रो’ आजदेखि प्रदर्शनमा, सहकारी ठगीको कथा
काठमाडौं- शुक्रवारबाट देशभरका हलमा चलचित्र ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ । यो चलचित्रले एकल प्रदर्शन अवसर पाएको हो । फिल्ममा रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय छ । ‘खजुरे ब्रो’ सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको फिल्म हो । साथीको सम्बन्ध र पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा बोल्ने फिल्म सुरज सुनुवार र नवीन मानन्धरले निर्माण गरेका हुन् । फिल्मले सहकारी ठगीको विषय समेत गम्भीर रूपमा उठाएको हो ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।