October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › विज्ञान/प्रविधी › वर्ल्डलिंक कम्युनिकेशनले पायो नयाँ लाईसेन्स
विज्ञान/प्रविधी

वर्ल्डलिंक कम्युनिकेशनले पायो नयाँ लाईसेन्स

Facebook X / Twitter WhatsApp
वर्ल्डलिंक कम्युनिकेशनले पायो नयाँ लाईसेन्स
काठमाडौँ - वर्ल्डलिंक कम्युनिकेशनले नयाँ लाईसेन्स पाएको छ । कम्पनीले सरकारलाई बुझाउनु पर्ने २ अर्ब बढी बक्यौता रकम बुझाएपछि नेपाल दूरसंचार प्राधिकरणले कम्पनीलाई इन्टरनेट सेवा प्रदायकको नयाँ लाईसेन्स दिएको हो । नेपाल दूरसंचार प्राधिकरणको संचालक समितिले कम्पनीलाई १० वर्षको लागि नयाँ लाईसेन्स दिने निर्णय गरेको हो । यस संगै ७ महिना लाईसेन्स बिहिन भएको नयाँ लाइसेन्स पाएको हो । कम्पनीले २०५५ साल चैतमा इमेल र इन्टरनेट सेवाको लाईसेन्स लिएको थियो ।  सो लाईसेन्सको अवधि २५ वर्षको थियो । २५ वर्षे लाईसेन्सको अवधि २०८० चैत मै सकिएपनि बक्यौता विवादका कारण सरकारले कम्पनीलाई लाईसेन्स दिएको थिएँन, र कम्पनी बिना लाईसेन्स चलिरहेको थियो । तर कम्पनीले केहि साता अघि सरकारलाई २ अर्ब १५ करोड रुपैयाँ बक्यौता राजस्व बुझायो। इन्टरनेटको मर्मतसम्भार र मेन्टेनेन्स चार्जमा लाग्ने रोयल्टी र आरटीडीएफ शुल्क तिर्न नपर्ने दाबी गर्दै आएको कम्पनीले सर्वोच्च अदालतले उक्त चार्जमा पनि रोयल्टी र आरटीडीएफ शुल्क लाग्ने भनिदिएपछि एकैपटक नेपाल दूरसंचार प्राधिकरणलाई बक्यौता तिरेको हो।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।