होम › बिजनेस › चैत १ गतेदेखि भृकुटीमण्डपमा पुष्प मेला
बिजनेस

चैत १ गतेदेखि भृकुटीमण्डपमा पुष्प मेला

Facebook X / Twitter WhatsApp
Advertisement
चैत १ गतेदेखि भृकुटीमण्डपमा पुष्प मेला
काठमाडौं-  पुष्प व्यवसायीहरूको छाता समूह, फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले चैत १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो २०८० (पुष्प मेला) आयोजना गर्ने भएको छ । फ्यानले २५ औं पटक फ्लोरा एक्स्पो आयोजना गर्ने तयारी गरेको छ । चार दिनसम्म चल्ने एक्स्पोमा कम्तीमा एक करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । पुष्प मेला पुष्प विकास केन्द्रले आयोजना गरेको हो । चैत १ गते बिहान ११ बजे कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले मेलाको उद्घाटन गर्नेछिन् । एक्स्पोमा ६० वटा व्यवसायिक स्टल, ३ वटा ल्याण्डस्केपिङ स्टल, ८ वटा अफिसियल स्टल र अन्य गरी ७३ स्टल रहने फ्यानले जानकारी दिएको छ। सहभागी फूल बिक्रेताहरुले बनाएका फूल बिरुवालाई विभिन्न विधामा मूल्याङ्कन गरी उत्कृष्ट फूल बिक्रेताहरुलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस वर्षको एक्स्पोमा ५० हजार अवलोकनकर्ता आउने र एक करोड रुपैयाँसम्मको व्यवसायिक कारोबार हुने फ्यानको दाबी छ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।