October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › पालिका › मध्यपुरमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न
पालिका

मध्यपुरमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न

Facebook X / Twitter WhatsApp
मध्यपुरमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न
भक्तपुर — मध्यपुर थिमि नगरपालिका वडा नं. २ को आयोजनामा महिला हिंसा विरुद्ध लक्षित दुई दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ। तालिम आदर्श माध्यमिक विद्यालय, सानोठिमीमा सम्पन्न भएको हो। तालिममा सामुदायिक तथा संस्थागत विद्यालयका महिला विद्यार्थी र शिक्षिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले किशोरी विद्यार्थीहरूलाई लक्षित आत्मरक्षा तालिमले उनीहरूको आत्मविश्वास र मनोबल वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। दुई दिने चेतनामूलक आत्मरक्षा तालिममा पद्मा खयरगोली र रविन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो भने अधिवक्ता इन्दिरा न्यौपानेले महिला हिंसा तथा त्यससँग सम्बन्धित कानुनी प्रावधानबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू शंकर थापामगर, मनोज शर्मा, रविन सिजापति, अम्बिका रजक तथा तालिम संयोजक इन्द्रप्रसाद चित्रकारको उपस्थिति रहेको थियो। तालिममा आदर्श मावि, श्री महेन्द्र आधारभूत स्कुल, नालन्दा विद्या मन्दिर, मातृभूमि मावि, एसओएस हर्मन माइनर, भक्तपुर इङ्लिस स्कुल तथा सिद्धार्थ विद्यापीठका गरी ७० जना शिक्षिका तथा किशोरी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।