October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › पालिका › दिक्तेलका मेयरले थाले काठमाडौंमा ‘सत्याग्रह’
पालिका

दिक्तेलका मेयरले थाले काठमाडौंमा ‘सत्याग्रह’

Facebook X / Twitter WhatsApp
दिक्तेलका मेयरले थाले काठमाडौंमा ‘सत्याग्रह’
काठमाडौं- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै  सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् । माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन् । उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गर्ने भनी पुगेका उनलाई  निषेधित क्षेत्र भनी प्रहरीले नियन्त्रण लिएर माइतीघरमा ल्याइ छाडिदिएको थियो । उनी अहिले माइतीघर मण्डला पुगी सत्याग्रह सुरु गरेका छन् । उनले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन् ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।