October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › शिक्षा › नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको नगर परिषद सम्पन्न
शिक्षा

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको नगर परिषद सम्पन्न

Facebook X / Twitter WhatsApp
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको नगर परिषद सम्पन्न
काठमाडौ- नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको ५ औं नगर परिषद, स्वागत तथा सम्मान कार्यक्रम थाहा १ सुनौलो विकास केन्द्र कुन्छालमा सप्पन्न भएको छ ।   नगर अध्यक्ष मनोज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि NNTA राष्ट्रिय समितिका उप महासचिव श्रीराम दाहाल, विशिष्ट अतिथि थाहानगर शिक्षा समिति सदस्य सुरेन्द्रमान प्रधान, विशेष अतिथि NNTA जिल्ला अध्यक्ष मुकुन्द न्यौपाने, अतिथिहरु जिल्ला उपाध्यक्ष रुपचन्द्र गोपाली, सचिव गोपिरमण प्याकुरेल, जिल्ला सह सचिव सबिता लामिछाने, जिल्ला सदस्य जोग बहादुर घलान, NNTA हेटौंडा नगर अध्यक्ष कृष्ण पोखरेल, नेपाल शिक्षक महासंघ थाहानगर निवर्तमान सचिव गणेशमान श्रेष्ठ, पुर्ब जिल्ला सदस्यहरु नारायण बहादुर कार्की, विरमान स्याङ्तान, शिक्षा सरोकारवाला समाजसेवीहरु लगायत रहनुभएको थियो । कार्यक्रममा नवनियुक्त शिक्षकहरु तथा NNTA को विभिन्न पदमा पदीय जिम्मेवारीमा पुग्न सफल शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा समितिका सचिव सचिन कुमार बल तथा अध्यक्ष मनोज लामिछानेबाट सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रीराम दाहालले संगठनको इतिहासदेखि विभिन्न समयमा निर्वाह गरेको भूमिकाले गर्दा अहिले शिक्षकको सेवा सुविधा सुनिश्चित भएको सम्बन्धमा चर्चा गर्नुभएको थियो । पिकनिक सहित भएको कार्यक्रममा थाहा नगरका संगठनमा आबद्ध शिक्षकहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।