October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › शिक्षा › कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
शिक्षा

कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Facebook X / Twitter WhatsApp
कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो । यसरी हेर्नुहोस् नतिजा #IVR का मार्फत्: नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने । #SMS मार्फत्: Mobile को Message box मा NEB<space> <symbol number> टाइप गरी १६०० मा पठाउने । USSD का लागि नेपाल टेलिकमको Mobile बाट * १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्ने । #Web मार्फत्: नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।