काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असहायलाई एक लाख रुपैयाँ जतिको कृत्रिम हातखुट्टा उपलब्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ वटा कृत्रिम खुट्टा र ३ वटा कृत्रिम हात उपलब्ध गराएको हो ।
रोटरी क्लब अफ नारायणगढले मंगलबार आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।