काठमाडौं- आज बिहीबार सुनचाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कम भयेको छ ।
त्यस्तै गरी तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले कम भयेको छ र प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँ कम भयेको छ र १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार को दिन देखि चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।