Nexkhabar

परोपकार प्रसूति अस्पतालमा ‘इको कार्डियोग्राफी’ सेवा सुरू

काठमाडौं – परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्ना केही सेवा विस्तार गरेको छ । जेठ १ गतेदेखि गर्भमा रहेको बच्चा र आमाको मुटु जाँच गर्ने इको कार्डियोग्राफी सेवा सुरू गर्न लागेको हो ।

यसअघि बच्चा र आमाको इको कार्डियोग्राफी सेवा लिनका लागि निजी अस्पताल जानुपर्ने बाध्यता थियो । अस्पताल निर्देशक डा। श्रीप्रसाद अधिकारीले नयाँ सेवा विस्तारका रुपमा गर्भवती र गर्भमा रहेको बच्चाको मुटुको जाँच (इको कार्डियोग्राफी) १ जेठदेखि सुरु हुने बताए ।

यसअघि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई सहजीकरण गर्न गंगालालकै चिकित्सकले हप्ताको तीन–तीन दिन उक्त सेवा दिने जानकारी दिए । इको कार्डियोग्राफी सेवा बेलुकी ५ बजेपछि मात्रै लिन सकिन्छ, टिकट लिनका लागि ३ बजे अस्पताल आइसक्नुपर्ने छ ।

गर्भवती तथा अन्य महिलाको ‘इको कार्डियोग्राफी’ आइतबार, मंगलबार र बिहीबार हुने छ भने गर्भमा रहेको शिशुको ‘इको कार्डियोग्राफी’ सोमबार, बुधबार र शुक्रबार लिन सकिन्छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top