Nexkhabar

सुनको मूल्य एक लाख ६० हजार नजिक

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। यसदिन एक तोला सुनको मूल्य एक लाख ६० हजार रूपैयाँ नजिक पुगेको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। सोमबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १९ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top