Nexkhabar

सर्वोत्तम सिमेन्टको शेयर बिक्रीमा चाप

काठमाडौं-   सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबारमा आएदेखि आज पहिलो दिन बिक्री चाप देखिएको छ । सर्वोत्तम सिमेन्ट कारोबारमा आएको आठौं दिनमा शेयर बिक्री चाप देखिएको हो ।

सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको थियो । आइतबारको बजार खुलेको १५ मिनेट भित्रमा नै ६.५३ प्रतिशतले शेयर मूल्य घटेकोहो । यस समाचार तयार पार्दाको अवधिसम्ममा कम्पनीको शेयर एक हजार १२ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो । सिमेन्टको शेयरले निरन्तर सातौ कारोबार दिनसम्म सर्किटमै कारोबार भएर आठौं कारोबार दिन घटेको हो ।

आतबारको बजारमा करिब १५ मिनेटको कारोबारमा कम्पनीको एक लाख कित्ता शेयर ९ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top