Nexkhabar

सन्दुक रुइत सरकारमा नजाने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतलाई आग्रह गरेपनि उनले अस्वीकार गरेका छन् ।

आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा। रुइतसँग आग्रह गरेकी थिइन् ।

जवाफमा डा। रुइतले भने आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

छलफलपछि डा। रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।

सञ्चारकर्मीले कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने हो भनेर सोधेको प्रशनमा उनले भने–‘यहाँ छोडेर आउने रु यत्रो छ काम यहाँ छोडेर आउने रु बिरामीलाई छाडेर आउँदैन ।’

Loading spinner

प्रतिक्रिया

Scroll to Top