Nexkhabar

शेयरबजार लगातार ‘डाउन’, आजको अवस्था कस्तो ?

काठमाडौं – साताको कारोबारको पहिलो दिन आज (सोमबार) शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) १७.०१ अंकले घटेको छ । नेप्सेमा कूल ७० लाख ६१ हजार १२ कित्ता शेयर २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ ।

बजार दोहोरो अंकले घट्दा २०४ कम्पनीका शेयरधनीले गुमाएका छन्‌ भने ३७ कम्पनीका शेयरधनी फाइदामा छन्‌ । ३ कम्पनीको शेयरमूल्य स्थिर छ ।

आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर सर्वाधिक १० प्रतिशतले बढ्दै प्रतिकित्ता १८ हजार २७६.५० रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयरमूल्य प्रतिकित्तामै १ हजार ६६१.५० रुपैयाँ बढेको हो। सर्वोत्तम सिमेन्टको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ८१३.८० रुपैयाँ पुगेको छ ।

आज नेप्सेमा गुराँस फाइनान्स लिमिटेडको सर्वाधिक २८ करोड ३५ हजार ८५६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधित १० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले ९.९९ प्रतिशत गुमाएका छन्‌ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top