Nexkhabar

विद्यार्थी भर्ना अभियान कसरी सञ्चालन हुँदैछ ?

काठमाडौं – विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । नयाँ शैक्षिक सत्र २०८१ को भर्ना अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ ।

भर्ना अभियानको क्रममा वैशाख २ गतेदेखि जेठ २० गतेसम्म कसले के गर्ने भनेर कामको जिम्मेवारी निर्धारण गरिएको छ । सोही अनुसार अभियान सन्चालन गर्न मन्त्रालयले सबै सरोकारवालालाई भनेको छ ।

अभियान अन्तर्गत विद्यालयहरु र स्थानीय तहको शिक्षा शाखाले वैशाख ५ गते घरदैलो कार्यक्रम गर्ने, वैशाख १० गते विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण गर्ने, वैशाख ९ गते भर्ना हुन बाँकी बालबालिकाको विवरण तयार गर्ने र वैशाख १० गते नै भर्ना भएका विद्यार्थीहरुको विवरण स्थानीय तहमा पेश गर्ने कार्ययोजना छ ।

स्थानीय तहले विद्यार्थी भर्ना अभियानको समष्टिगत प्रतिवेदन शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले जेठ १५ गतेभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पेश गर्नुपर्ने छ ।

हेर्नुहोस् कार्यविधि

Loading spinner

प्रतिक्रिया

Scroll to Top