Nexkhabar

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता

काठमाडौं – मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्ड प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र फाइनान्स फ्रेन्डका अध्यक्ष रमेशप्रसाद जोशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापछि वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाइ प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top