Nexkhabar

बज्रवाराहीमा पाठेघर जाँच शिविर हुँदै

मकवानपुर – थाहानगरपालिका ६ बज्रवाराहीमा पाठेघर जाँच तथा रक्तदान शिविर सञ्चालन हुने भएको छ । बलम्बु च्याउ सहकारी संस्था लिमिटेड अन्तर्गत समृद्ध सेवा केन्द्र बज्रवाराहीको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।

संस्थाको १५ औं स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको संयोजक कल्पना बलामीले जानकारी दिनुभयो । “स्थानीयको स्वास्थ्य नै हाम्रो लागि प्राथमिकता कुरा हो त्यसकारण अहिलेलाई हामीले पाठेघर जाँच तथा रक्तदान कार्यक्रम राखेका छौं ।” बलामीले भन्नु भयो । उहाँले आगामी दिनमा पनि सामाजिक उतरदायी कार्यक्रमहरु क्रमशः सञ्चालन गर्दै लगिने जानकारी दिनुभयो ।

केन्द्रिय कार्यालय काठमाडौंको बलम्बुमा अवस्थित सहकारीको समृद्ध सेवा केन्द्रको स्थापना २०७९ साउन ४ गते भएको हो । छोटो अवधिमा स्थानीयको दरिलो विश्वास जित्न सफल यस सेवा केन्द्रले स्थानीयको आवश्यकता अनुसारको सेवा प्रदान गर्दै आइरहेको छ ।

केन्द्रले हालै मात्र खुत्रुके बचत नामक आकर्षक योजना ल्याएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top