Nexkhabar

प्राइम कमर्सियल बैंकको नाफा ३२.१३ प्रतिशतले बढ्यो

काठमाडौं – प्राइम कमर्सियल बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएकोे छ। गत आर्थिक वर्षको सोही अवधिको बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो वर्ष बैंकले ३२.१३ प्रतिशत बढी नाफा कमाएको विवरणमा उल्लेख छ ।

बैंकले ९.५४ प्रतिशत, कुल सञ्चालन आम्दानी १३.११ प्रतिशत,  सञ्चालन मुनाफा ३२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४३.६३ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ १० पैसा रहेको छ। बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसमा हाल बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top